नेकपामा जिल्ला इन्जार्चकाे भागबन्डा जिल्ला अध्यक्षकै मोडलमा


काठमाडौं— नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता पश्चात गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले एकीकरणका कामलाई टुंगोमा पु¥याउने चटरो छ।

जिल्ला अध्यक्ष तहसम्म पद विभाजन भएपनि त्यसभन्दा तलसम्मका कमिटी अझै बन्न सकेका छैनन्। हाल जिल्ला इन्चार्ज पनि चयन हुन सकेका छैनन्।

तर, यसअघि जिल्ला अध्यक्ष चयन गर्दा प्रयोग भएको मोडल प्रयोग गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन्। जिल्ला अध्यक्षको नेतृत्व तत्कालीन एमालेबाट ४४ र तत्कालीन माओवादीबाट ३३ जनाले पाएका थिए। यद्यपि, केही जिल्ला अध्यक्ष नेकपाका केन्द्रीय सदस्यहरुबाट पनि तोकिनेछन्। अब पूर्वएमालेका तर्फबाट जिल्ला इन्चार्ज भएको ठाउँमा पूर्वमाओवादीका सहइन्चार्ज र पूर्वमाओवादीका तर्फबाट इन्चार्ज तोकिएका ठाउँमा पूर्वएमालेका नेता सहइन्चार्ज हुनेछन् ।

नेकपाका वरिठ नेता माधव नेपाल श्रीलंका भ्रमणमा रहेकाले अहिले यो विषयलाई थाति राखिएको छ। उनी असार २९ गते स्वदेश फर्केपछि ३० गते सचिवालय बैठक बसेर जिल्ला इन्चार्ज तोक्ने औपचारिक निर्णय गर्ने तयारी छ। यो सहमति सोमबार जुटेको हो।

जिल्ला इन्चार्ज नेकपाका केन्द्रीय सदस्यहरूमध्येबाट तोकिने छन्। ‘एक व्यक्ति एक पद’ को सिद्धान्त अस्वीकार गरिएकाले संघ र प्रदेशमा मन्त्री वा संसाद रहेकाहरू पनि इन्चार्ज हुन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement