पार्टीमा गम्भीर समस्या बढ्योः नारायणकाजी श्रेष्ठ


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहीबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्तापछि बैठक स्थगित भएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्तारुढ नेकपामा खतरा उत्पन्न भएको बताएका छन् । प्रवक्ता श्रेष्ठले एकता गम्भीर संकटमा परेकाले त्यसबाट जोगाउन भोलि सहमति जुटाउन समय दिइएको र पर्सी बिहान ११ बजे बैठक बस्ने बताए ।

प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीमा गम्भीर समस्या बढेको र त्यसले एकतामा खतरा उत्पन्न गरेको छ।’

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठकले संसदको वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गराएको थियो । राष्ट्रपतिले वर्खे अधिवेशन अन्त्यको घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement