ब्रेकिंग न्युज राजनीति समाचार

नेकपामा पद बाँडफाँट: श्रीमान इन्चार्ज, श्रीमती अध्यक्ष

काठमाडौँ—एकतापछिको १४ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला र ६ वटा महानगरपालिको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ। कूल ८३ इन्चार्जमध्ये पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीको भागमा ३८ परेका छन्।

dish home

मकवानपुरमा भने श्रीमानले इन्चार्ज र श्रीमतीले जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्। संघीय सांसद रहेका नेकपाका नेता विरोध खतिवडा जिल्ला इन्चार्ज बनेका छन्। खतिवडा तत्कालीन नेकपा एमालेका जिल्ला इन्चार्ज समेत हुन्।

प्रदेश ३ कमिटीले टुङ्ग्याएको जिल्ला अध्यक्षमा खतिवडाकी श्रीमती मुनु सिग्देल जिल्ला अध्यक्ष तोकिएकी हुन्। प्रदेश ३ सभा सदस्य समेत रहेकी सिग्देल तत्कालीन नेकपा एमालेकी जिल्ला अध्यक्ष रहेकी थिइन्।

नेकपाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कालिकोटको इन्चार्ज तोकेको छ। त्यसैगरी सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई स्याङजा जिल्ला इन्चार्ज तोकिएको छ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top