धुम्बाराहीमा नेकपा सचिवालय बैठक जारी


काठमाडौं – अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक अपराह्न १ बजे धुम्बाराहीमा सुरु भएको छ । अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर सचिवालय बैठक बोलाएका थिए ।

अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी छैनन् । स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओली सहभागी नभएका हुन् ।

बैठकले पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै जनपरिचालनसहितको पाँचमहिने कार्ययोजनासमेत तयार पार्नेछ ।

बैठकले रिक्त सभामुख पदमा पठाउने व्यक्तिको नाम र स्थायी समितिको बैठकको मिति तय गर्नेछ । त्यस्तै बैठकले उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने एजेण्डा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement