नेकपाले ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगायो


काठमाडौं– नेकपा एमाले नेकपा माओवादी केन्द्रको एकतापश्चात गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकताको झण्डै एक वर्ष पछि जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ।

आइतबार साझ बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनका कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ।
पोलिट्ब्यूरो सदस्यको टुंगो भने अर्को बैठकले लगाउने भएको छ।

बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।

नेकपाले सोमबार, बैशाख ९ गते ११ बजे प्रज्ञा भवन कमलादीमा पार्टी स्थापना दिवस मनाउँदै छ।

प्रतिक्रिया दिनुहोस
Advertisement