यसकारण खुमलटार पुगे नेताद्वय अग्नि र प्रभु


काठमाडौँ—नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा आफ्नो चीन भ्रमणको बिफ्रिङ गर्न आइतबार खुमलटार पुगेका छन्।

उनले खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो भ्रमणको विफ्रिङ गरे। आइतबार नै नेकपाका नेता एवं प्रदेश २ का अध्यक्ष प्रभु साहले पनि प्रचण्डसँग भेट गरेका छन्। साहले अध्यक्ष प्रचण्डसँग विशेषगरी प्रदेश २ मा नेकपाको अवस्था र रणनीतिबारे छलफल गरेका थिए।

यसअघि प्रचण्डले आफू निकट स्थायी समिति सदस्यलाई आइतबार खुमलटार निवास बोलाएर पार्टीले प्रकाशित गर्ने राजनीतिक प्रतिवेदनबारे छलफल गरेको खबर सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। नेताहरू छुट्टाछुट्टै उद्देश्यका साथ भेट्न पुगेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement