बलात्कारको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ

बलात्कारको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कारको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ परेका छन् । तत्कालीन नेकपा एमाले अछामबाट निर्वाचित प्रदेश सांसद अक्कल रावल बलात्कारको आरोपमा कैलालीबाट पक्राउ परेको प्रहरीले जानकारी गराएको छ ।

फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । हिरासतमा लिइएका सांसदको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।