अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा, अन्यमा को–को परे ? (नामसहित)


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभिन्न निकायको नेतृत्व टुंग्याएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरिएको छ । केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई जिम्मेवारी दिने निर्णय सचिजालयले गरेको छ ।

केन्द्रीय सल्लाहकार कमिटीमा केशव बडाल र सचिवमा नन्दकुमार थापा छानिएका छन् । ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई छानिएको छ ।

नेकपाले प्रवास संगठन भने अझै टुंग्याएको छैन । प्रवासमा पार्टी कमिटी गठन नगर्ने निर्णय पार्टीले यसअघि नै गरिसकेको भए पनि प्रवासी नेपालीको हकहितको निम्ति कुनै न कुनै किसिमको संरचना निर्माण गर्नेगरी छलफल भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement