नेकपा सचिवालय बैठक बस्दै


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय आज बैठक बस्दैछ । शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे सचिवालय बैठक डाकेका प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

बैठकमा पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ । नेकपामा प्रवास कमिटी अझै गठन भएको छैन भने केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement