नेकपाको चुनावबारे आधिकारीक धारणाः बम विस्फोट रोकिन्छ,संसदिय व्यवस्था खारेज गर्ने अभियान रोकिदैन


काठमाडौं– नेपाल कम्युनिष्ट पाटीले चुनाव सकिएकै दिनबाट बम विस्फोटका घटना रोक्ने बताएको छ । पुर्व माओवादी नेता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले पछिल्लो समय चुनाव विरोधी गतिविधी गर्दै आएको थियो ।

 

नेकपाले वर्तमान सरकारलाई दलाल सरकारको संज्ञा दिदै उसले गरेको चुनावलाई खारेज गर्ने भन्दै त्यसको विरोधमा थियो । विप्लव माओवादीका पोलिटब्युरो सदस्य ओम पुनले बम विस्फोटका घटना चुनावपछि नहुने प्रतिवद्धता व्यक्त गरे । पुनले काठमाडौंपाटीसंग कुरा गर्दैै चुनाव खारेज अभियानका क्रममा जनस्तरबाट भएको प्रतिरोधको जिम्मा लिने बताए ।

 

 

 

 

उनले बम काण्डमा भने आफ्नो पार्टीको संलग्नता नभएको दाबी गरे । ‘चुनावको क्रममा जनताबाट प्रतिरोध त भएको हो, तर हामीले कतै बम पड्काएका छैनौ, नगरेको काम जिम्मा लिने कुरा पनि भएन् । पुनले भने ।

 

नेता पुनले मधेषमा सिके रावत र चुनावमा सहभागी भएका  दलहरुको आन्तरीक लडाईको कारण हिंसात्मक घटना भएको हुन सक्ने बताए ।

 

 

 

उनले आफ्नो पार्टीले कुनै पनि हालमा संसदिय व्यवस्था नमान्ने भन्दै संसदिय व्यवस्था खारेज गर्ने दिशामा पार्टीको अभियान नरोकिने चेतावनी दिए । चुनावको क्रममा  गिरफ्तार गरेका आफ्ना नेता–कार्यकर्ता रिहा नगरे राज्यले ठुलो मुल्य चुकाउनुपर्ने पुनको भनाई थियो ।

 

 

नयां सरकार बनेपछि वार्ता गर्नुहुन्छ होलानी भन्ने काठमाडौंपाटीको प्रश्नमा पुनले राजनीतिक संवादलाई आफुहरुले इन्कार नगरेको बताए । तर, संसदिय व्यवस्थाअन्र्तगत हुने वार्ता⁄संवादलाई भने स्विकार गर्न नसक्ने उनको भनाई थियो ।

 

 

विप्लव नेतृत्वको नेकपाले औपचारीक रुपमा अहिलेसम्म घटनाको जिम्मा लिएको थिएन । प्रहरीले बुधवार नेता विप्लवलाई प्रहरीले खोजी गरिरहेको धारणा सार्वजनिक गरेको भोलिपल्ट पुनको यस्तो धारणा आएको हो ।
 

 

कांग्रेस नेता गगन थापामाथी बम विस्फोट गरेको अभियोगमा प्रहरीले विहिवार ६ जना नेकपाका कार्यकर्ता पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement