प्रेमिकासँग विताए कैयौं रात, विवाह गर्न नमानेपछि नेकपा एसका युवा नेता उक्राउ


काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीका एक युवा नेता पक्राउ परेका छन् । प्रेमिकासँग कैयन रात बिताएर विवाह गर्न आनाकानी गरेको आरोप लागेपछि शुक्रबार नेकपा एस सम्बद्ध युवा संघका सचिवालय सदस्य टीकाराम नेपाली पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले ठमेलको होटल एक्सेसबाट जबरजस्ती करणी मुद्दामा पक्राउ गरेको हो । विहीबार राति उनी प्रेमिकासहित उक्त होटलमा पुगेका थिए । युवतीले आफूमाथि यौनजन्य दुव्र्यवहार भएको भनी प्रहरीलाई फोन गरेपछि नेपाली पक्राउ परेका हुन् ।

उनीविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भइसकेको प्रहरी बृत्त, सोह्रखुट्टेका इन्स्पेक्टर अमृत बस्नेतले बताए । जाहेरवाली युवती २० वर्षभन्दा माथिकी हुन् । पक्राउ परेका नेपाली एकीकृत समाजवादीको धादिङ जिल्ला कमिटीका सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement