कार्यदल पार्टीको मूल समस्यामा प्रबेशै गरेनः शालिकराम जम्मकट्टेल


काठमाण्डु – बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले कार्यदलको प्रतिवेदनबारे असन्तुष्टी जनाएका छन् ।

नेकपा बागमती संसदीय दलको उपनेतासमेत रहेका मन्त्री जम्मकट्टेलले कार्यदल नेकपाभित्रको मुख्य समस्यामा प्रवेश नगरेको बताए ।

‘कार्यदलको प्रतिबेदन अध्ययन गरियो’, उनले भने, ‘मेरो बुझाईमा कार्यदल पार्टी भित्र देखिएको मूल समस्यामा प्रबेशै गरेको जस्तो लागेन ।’

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्रको समस्या समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन गत शनिबार अध्यक्षद्वयलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement