पद र कुर्सी हाम्रो विषय होइन, देश र जनताको भविष्य सुनिश्चित गर्नु नै मुख्य विषय होः अध्यक्ष प्रचण्ड


काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको सेवा नै मुख्य विषय भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले पद र कुर्सी आफूहरुको विषय नभएर देश र जनताको सेवा नै आफुहरुको मुख्य विषय भएको बताएको छोरी गंगा दाहालले सामाविक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।

दाहालले लेखेकी छन्, ‘विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा भइरहन्छ र यो सामान्य हो । पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो । राष्ट्रको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ,’ अध्यक्ष क.प्रचण्ड ।’

प्रचण्डले कम्युनिष्ट पार्टीमा विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस हुनु सामान्य भएको बताउँदै उनले आफुहरु राष्ट्रको भविष्य सुनिश्चित गर्ने जिम्मेवारीमा रहेको बताएका छन् ।

पछिल्लो समय पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरविरोध चर्किरहेको बेला दाहालको यस्तो भनाई आएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement