ओली नआएपछि नेकपा सचिवालय बैठक स्थगित


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि मंसिर २० गते दिउँसो १ बजे बस्नेगरि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अरु नेता भन्दा केही ढिलागरी बैठकमा सहभागी हुने भनिएपनि उनी अनुपस्थित भएका थिए ।

यससँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक समेत स्थगित भएको छ । स्थायी कमिटी बैठक आगामी मंसिर २१ गते बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement