बजेटका बारेमा जथाभावी अभिव्यक्ति नदिन नेकपाका सांसदलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटको आलोचना नगर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका थिए ।

नेकपाको संसदीय दलको आज प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउँदै असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा राख्न आग्रह गरे ।

बजेटमा समावेश गर्नुपर्ने योजना तथा भएका त्रुटीहरु भविष्यमा छलफल मार्फत सच्याउदै र थप्दै लैजान सकिने आश्वासन सांसदहरुलाई दिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । बैठकमा नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेतीका बारेमा मिडियामा आएका विषयमा यथार्थ नरहेको भन्दै सांसदहरुलाई आश्वस्त तुल्याएका थिए ।

बजेट विनियोजनमा विभागिय मन्त्री र ठुला नेता हावी भएको भन्दै संघिय संसदमा सरकार र सम्बन्धीत मन्त्रीको चर्को आलोचनामा उत्रिएका सांसदहरुले दलको बैठकमा पनि त्यसबारे कुरा उठाएपछि प्रधानमन्त्रीले संयमित हुदै विद्यमान परिस्थित र संसदीय मुल्य मान्यता तथा सत्तारुढ र प्रतिपक्षी दलको मान्यता अनुसार अघि बढ्न निर्देशन दिएका हुन् ।

नेकपाले सनिबार नै पदाधिकारी र स्थायी समितिको बैठक बोलाएको छ । स्थायी समितिको दिउंसो साढे २ बजे बस्नेछ भने त्यसअघि पदाधिकारी बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement