सत्तारुढ नेकपाकाे केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेसम्मका लागि सर्‍यो


काठमाण्डु- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हाे । नेकपाको केन्द्रीय कार्यालयले बुधवार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ।

काेराेना भाइरस कोभिड-१९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालको विज्ञप्तिमा उल्लेख छ।

 स्थगित बैठक मंसिर १५ देखि १७ गते आयोजना गरिने छ,’ विज्ञप्तिमा भनिएको छ । स्थायी समिति बैठकले असोज महिनाभित्र पार्टी एकतका बाँकी काम सक्ने, मंसिर भित्र सदस्यता नवीकरण लगायतका काम सक्ने भनेपनि निर्णयअनुसार कामहरु हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement