नेकपा फुट्दा राष्ट्रियता नै सङ्कटमा पर्ने खतरा: देव गुरुङ


काठमाण्डु –  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले वर्तमान अवस्थामा राष्ट्रिय सहमतिकोे आवश्यकता भएकाे बताएका छन् ।

शनिबार एक कार्यक्रममा नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुको अर्काे विकल्प नरहेको समेत बताए ।

उनले नेकपा फुट्दा नेपालको राष्ट्रियता नै सङ्कटमा पर्ने खतरा रहेको र बहस तथा छलफल भएपनि पार्टीभित्र नफुट्ने दाबी गरे । उनले भने, “पार्टी विभाजन हुनुहुँदैन, पार्टी विभाजनको बाटोबाट जानुहुँदैन, विभाजनको बाटोबाट जानु भनेको के हो प्रजातन्त्र सिद्धिने बाटोमा जानु हो ।”

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा भएको बाढीपहिरो, कोरोनाको महामारी, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घटना नियन्त्रणमा लाग्न सरकारलाई आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले कोरोनाले भन्दा बढी मानिसले बाढीपहिरो र डुबानजस्ता विपत्ति भोग्दापनि सरकारले समयमै उद्धार र राहत व्यवस्था गर्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement