नेकपा सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले गर्‍यो अन्तिम चरणको राहत बितरण


काठमाडौं-  विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड -१९) को सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का कारण प्रत्यक्ष प्रभावित भएका काठमाडाैं उपत्यकामा डेरा गरी बस्ने सुदूरपश्चिमका मजदुर, विद्यार्थी र भिन्न क्षमता भएकाहरूका लागि राहत वितरणको काम अन्तिम चरणमा पुगेको छ ।

लकडाउन्ले गर्दा खान बस्न समस्या भएका १८० जना काठमाडाैं उपत्यकामा डेरा गरी बस्ने सुदूरपश्चिमका मजदुर, विद्यार्थी र भिन्न क्षमता भएकाहरुलाई उनिहरु भएको ठाउमै पुगि आज राहत बितरण गरेको सम्पर्क कमिटी सचिवालय सदस्य कमल थापाले जानकारी दिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकियसचिब हितेस ओझाको बिशेष सहयोग र सम्पर्क कमिटीका अध्यक्ष शिव ठकुल्ला, सचिब हेमन्त जोशी,
सचिवालय सदस्य कमल थापा र मोहनदेब बिष्टको ब्यक्तिगत सहयोग र सकृयातामा राहत बितरण सफल भएको हो । आज सम्पर्क कमिटिका नेता हेमन्त जोशी र कमल थापाको अगुवाइमा राहत बितरण गरेको सम्पन्न भएको हाे। जम्मा १८० जना मध्य २ जना अपाङ्ग र ३ जना सुत्केरी रहेका थिए। राहत बितरणको कार्यमा सहयोग गर्ने सबैमा सम्पर्क कमिटिले हार्दिक आभार प्रकट समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement