नेल्सन मन्डेलाकी छोरीको निधन


एजेन्सी – नेल्सन मन्डेलाकी छोरीको निधन भएको छ । डेनमार्कको लागि दक्षिण अफ्रिकी राजदूत रहेकी जिन्दजी मन्डेलाको ५९ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

उनको निधभनप्रति दक्षिण अफ्रिकी उच्च अधिकारी तथा विदेशी कुटनीतिज्ञ र राजनीतिज्ञहरुले श्रद्धाञ्जली दिएका छन् । उनी नेल्सन मन्डेलाकी दोस्रो पत्नी विनी मन्डेलाको तर्फबाट कान्छी छोरीको रुपमा जन्मिएकी थिइन् । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले जारी गरेको विज्ञप्ति अनुसार उनको निधन सोमबार बिहान जोहानेसबर्ग अस्पतालमा भएको हो ।

राष्ट्रपतिले विज्ञप्तिमार्फत् उनको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् । अफ्रिकी अन्य विभिन्न संघ संस्थाले पनि मन्डेलाको निधनप्रति शोक व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement