भारत–पाकिस्तान तनावबीच नेपालले भन्यो – आतंकवाद विरुद्धको लडाइँमा ऐक्यबद्धता छ

भारत–पाकिस्तान तनावबीच नेपालले भन्यो – आतंकवाद विरुद्धको लडाइँमा ऐक्यबद्धता छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत र पाकिस्तानबीचको तनाव युद्धउन्मुख रहेका बेला नेपालको परराष्ट्र मन्त्रालयले आतंकवाद विरुद्धको लडाइँमा सबैसँग ऐक्यबद्धता रहेको जनाएको छ ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली नागरिक गुमाउनुपरेको स्मरण गरेको छ ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘भारतको पहलगाममा २०२५ अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार गम्भीर चिन्तित छ । घटनामा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य जीवन गुमाएका थिए । यस दुःखद अवधिमा नेपाल र भारत दुःख र पीडाको साझा भावनामा एकजुट भएर ऐक्यबद्धतामा उभिएका थिए ।’

मन्त्रालयले बर्बर आतंकवादी आक्रमणको तुरुन्त र स्पष्ट रूपमा भत्र्सना गरेको र आतंकवादका सबै स्वरूप विरुद्धको दृढ प्रतिबद्धता पुनः दोहोर्‍याएको स्मरण गरेको छ ।

‘नेपालले आफ्नो सैद्धान्तिक अडानअनुसार कुनै पनि शत्रुतापूर्ण शक्तिलाई छिमेकी मुलुकहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपालले तनावको न्यूनीकरणको आशा राख्दछ र यस क्षेत्रको दीर्घकालीन शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दछ ।’