माइकलको शतकमा नेपाललाई नामिबियाको प्रतिस्पर्धी लक्ष्य


काठमाण्डु- आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनको सानदार शतकमा नामिबियाले नेपाललाई प्रतिस्पर्धी लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले ५० ओभरमा १० विकेट गुमाउँदै २८५ रन बनाएको छ । नामिबियाका लागि माइकलले सानदार शतक पारी खेले ।

उनले १३७ बलमा ९ चौका र ५ छक्काको मद्धतमा १३३ रन जोडे । कप्तान गेर्हार्ड इरास्मसले ५६ रन, ओपनरद्वय लो हान्ड्रे लरेन्सले ५ रन र कार्ल ब्रिकेस्टकले १३ रन जोडे । निकोल लोफ्टी-इटनले ८ रन, जन फ्राइलिङ्कले १३ रन, जेन ग्रीनले ३४ रन, रुबेन ट्रम्पलम्यानले ११ रन र टांगेनी लुंगामेनीले १ रन बनाए ।

नेपालका लागि करण केसीले पाँच विकेट तथा सन्दीप लामिछानेले तीन विकेट, सोमपाल कामी र कुशल मल्लले समान एक/एक विकेट लिए ।

बलात्कार आरोप लागेको पाँच महिनापछि मैदान पूनरागमन गरेका सन्दीपले सानदार प्रर्दशन गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement