नेपाललाई समग्रमा ७-१ गोलले हराउँदै भियतनाम ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा


काठमाण्डु- ओलम्पिक खेलकुदको महिला फुटबलको छनोटअन्तर्गत नेपालले भियतनामसँग समग्रमा ७-१ गोलले पराजित भएर पहिलो चरणबाट बाहिरिएको छ।

दशरथ रंगशालामा शनिवार भएको दोस्रो लेगमा नेपालले भियतनामसँग २-० गोलको हार ब्यहोर्यो। यसअघि पहिलो लेगमा नेपाली टोली ५-१ गोलले पराजित भएको थियो।

फराकिलो जितपछि बलियो मनोबलमा देखिएको भियतनामले दोस्रो लेगमा पनि शानदार सुरुवात गरेको थियो। उसले सुरुको ७ मिनेटमै २-० गोलको अग्रता लिएको थियो।

भियतनामका लागि दुवै गोल फाम हाई येनले गरेकी हुन्। उनले दुई मिनेटमा दुई गोल गरिन्। ५ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएकी येनले दुई मिनेट लगत्तै अग्रता दोब्बर बनाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
Advertisement