खेल रद्ध हुदाँ अंक बाँडेर नेपाल एसीसी कपको सेमिफाइनलमा


काठमाण्डु- नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारी बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसकके पछि साउदीसँग अंक बाडेर नेपाल समुह एबाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

भारी वर्षासँगै बिहान ८:३० मा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर नेपाल र साउदी अरबले अंक बाँडेका हुन् । आजको यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement