नेदरल्याण्डसँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल


काठमाण्डु- नेपाल नेदरल्याण्डसँग पराजित हुँदै आइसिसी विश्वकप छनोट अन्तर्गत समूह चरणबाटै बाहिरिएको छ । आइतबार जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा भएको अन्तिम खेलमा नेदरल्याण्डसँग ७ विकेटले पराजित हुँदै नेपालको सुपर सिक्समा पुग्ने लक्ष्यसमेत समाप्त भएको छ । नेपालले चारमध्ये तीन खेलमा हार व्यहाेरेकाे छ ।

जितको लागि नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्डले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले ७५ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ९० रन बनाए । बास डि लिडे ३९ बलमा ६ चौकासहित ४१ रनमा नट आउट रहे । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा १० विकेट गुमाउँदै १६७ रन बनाएको थियाे ।

ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए पछि आउट भएका थिए । आउट हुनुअघि उनले ४२ बलमा २ चौका मारे पनि नेपालका अर्का खेलाडी आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड हुनु परेको थियो ।

आरिफ शेख ६ रनमा बिक्रम जितकै बलमा क्याच भए पछि पेभिलियनमा फर्केका थिए । भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा नै आउट भए भने कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किनु परेको थियो ।

सन्दिप लामिछानेले २७ रनको योगदान गरे । नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement