नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित, विश्वकप छनोटमा आठौं वरीयता पायो


काठमाण्डु- आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको प्लेअफ चरणको खेलमा नेपाली टोली प्रतिद्वन्द्वी आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ ।

आयरल्यान्डसँग पराजित भएपछि प्रतियोगितामा नेपालले आठौं वरीयता प्राप्त गरेको हो । आयरल्यान्डले भने सातौं वरीयता पाएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले ४९.२ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।   आयरल्यान्डका लागि कुर्तिस क्याम्फरले ६२ र ह्यारी टेक्टर ६० रन बनाए। जर्ज डक्रेलले ३३ र विकेटकिपर लोर्कान टकरले २४ रन जोडे। क्याम्फर र डक्रेलले छैटौँ विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement