नेपाली महिला फुटबल टिमले बंगलादेशसँग मैत्रीपुर्ण प्रतिस्पर्धा गर्दै


काठमाण्डु- नेपाल र बंगलादेशबीच महिला फुटबलमा आज प्रतिस्पर्धा हुदैँछ । बंगलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

उक्त खेल राजधानी ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ । जुन खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजे सुरु हुनेछ। बंगलादेशसँगको पहिलो खेलमा बराबरी खेलेको नेपाली महिला फुटबल टोलीले आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement