काठमाण्डु – पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस सनिल नेपालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
आज शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपालको नाम अनुमोदन गरेको छ ।
कूटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रूपमा रहेका उनले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघसंस्थामा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाटै मानविकी संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र स्नातकोत्तर गरेका नेपालले कानून शास्त्रको समेत अध्ययन गरेका छन् ।
प्रतिक्रिया