आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने


काठमाण्डु- नेआयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० मा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी-२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृङ्खला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement