यू-१९ एसिया कप क्रिकेटः आज अफगानिस्तानसँग खेल्दै नेपाल


काठमाण्डु – यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज (आइतबार) समूह चरणको दोस्रो खेल खेल्दै छ। दोस्रो खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आइतबार जित्नै पर्छ। नेपाल र अफगानिस्तानबीचको खेल, संयुक्त अरब ईमिरेट्स (यूएईस्थित) आईसीसी एकेडेमीको ओभल २ मैदानमा हुनेछ। खेल नेपाली समयनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ।

नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित भएका थिए। शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य पाकिस्तानले मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

आफ्नो पहिलो खेलमा अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement