वायु सेवा निगममा बेथिती : क्याबिन क्रु हडतालमा उत्रेपछि उडान प्रभावित

वायु सेवा निगममा बेथिती : क्याबिन क्रु हडतालमा उत्रेपछि उडान प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल वायु सेवा निगममा कार्यरत क्याबिन क्रु हडतालमा उत्रेका छन् । नेपाल एयरलाइन्समा कार्यरत १ सय ५१ जना क्याबिन क्रुमध्ये अधिकांश कर्मचारी आन्दोलनमा उत्रेका हुन् । नेपाल एयरलाइन्समा पांच जना  विमान परिचालिका मात्र स्थायी छन् भने बांकी करारमा कार्यरत छन् ।

१५ वर्षदेखि कार्यरत दुई जना विमान परिचालिका आरती महर्जन र स्मिता गुवाजुलाई बिना कारण करार नविकरण नगरेको भन्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल एयरलाइन्समा क्याबिन क्रुहरुको करार नविकरण व्यवस्थापनको लापरवाहीका कारण अन्तिम चरणमा मात्र गरिएको स्रोतले बतायो ।

त्यसमा पनि उनिहरु दुवै जनाको नविकरण नभएपछि क्याबिन क्रुहरु आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले एकतावद्ध भएर व्यवस्थापनको गलत निर्णयविरुद्ध उभिएपछि नेपाल वायु सेवा निगमको उडान प्रभावित हुन लागेको हो ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन विभाग प्रमुख आरके शेरचनको असक्षमताका कारण पछिल्लो समय वायु सेवा निगम धराशयी बन्दै गएको छ । उनिहरुले निगमको नेतृत्व गर्न नसकेको गुनासो निगमभित्र छ । अधिकारी र शेरचनले आफु निकटका कर्मचारीहरुलाई पोस्ने र बांकीलाई अवसरबाट वंचित गर्ने गरेको र पुर्वाग्रह सांधेको गुनासो धेरैको छ ।

क्याबिन क्रुहरुले आन्दोलन गर्दा नेपाल एयरलाइन्सको बुधवार दिउंसो १ः४५ बजेको काठमाण्डु दिल्ली उडान समेत प्रभावित भएको छ । उनिहरुको आन्दोलनका कारण अहिले राति निगमको मलेसिया ( १० बजे ) र दुवई (११ः३० बजे ) को उडान समेत प्रभावित हुने सम्भावना छ ।

निगमका कार्यकारी प्रमुख अधिकारी र अपरेशन विभाग प्रमुख शेरचनसंग क्याबिन क्रुहरुको बुधबार राति वार्ता भएपनि वार्ता भने निष्कर्शमा पुग्न सकेन । अधिकारीले बिना कारण करार नविकरण नभएका कर्मचारीलाई जागिरमा राख्ने आश्वासन दिएपनि क्याबिन क्रुहरुले लिखित दिन माग गरेका थिए । त्यसमा अधिकारी सहमत नभएको एक विमान परिचालिकाले बताईन ।

निगमको १ः४५ बजे दिल्ली जान लागेको आरए–२१७ उडान नम्बरको जहाजका लागि बोर्डिङपास लिएका २ सय ५६ यात्रु क्याबिन क्रुहरुको आन्दोलनका कारण ३ बजे मात्र दिल्ली उडेका थिए । यात्रुलाई सेवा दिने तथा ककपिट र क्याबिनमा सञ्चार प्रभाव गर्ने क्याबिन क्रु ले आन्दोलनमा उत्रिएकाले बुधबारको उडानमा कोही पनि जान नमानेपछि समस्या भएको हो ।

निगमसंग अहिले ४ वटा जेट विमान र दुई वटा टिवनटर विमान छन् । निगमका जहाजमा कर्मचारीको आन्दोलन मात्र हैन विमानमा बेला बेला समस्या समेत आउने गरेको छ । निगमको कमजोर व्यवस्थापनका कारण वायु सेवा निगमको बेइज्जत मात्र हुने गरेको छैन यसले निगमको विश्वसनियता समेत खस्कदै गएको छ । निगमको उडान स्थगित हुंदा कम्पनीलाई ठुलो आर्थिक भार समेत हुने गरेको छ ।

यो पनि पढ्नुहोस्-

नेपाल वायुसेवा निगमको लापरवाही : जहाजको इन्जिन स्टार्ट हुंदैन, एयर स्टार्ट युनिट पनि बिग्रियो