वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्न प्रस्ताव


काठमाण्डु – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले अधिकारीले निगमलाई वित्तीय हानि नोक्सानी पुर्‍याएको आरोपसहित निलम्बन गर्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको हो ।

मन्त्रालयका सचिव महेश्वर न्यौपानले पेस गरेको प्रस्तावमा ‘कार्यकारी अध्यक्ष युवराज अधिकारीले कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरब सच्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा विना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठलो वित्तीय हानी नोक्सानी पुर्याएको, सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सिधै टिकट विक्री गर्ने कार्य गरेको र यस कार्यमा कार्यकारी अध्यक्ष आफै सलग्न भई व्यक्तिगत फाइदा लिएको देखिएको, निगमका पदाधिकारीहरू र कर्मचारीहरूलाई अनुशासनमा राख्न नसकेको र सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरूलाई समेटी बैठक सञ्चालन गर्न नसकेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement