नेपाल एयरलाइन्सले जहाज बेच्दै, बोलपत्र आह्वान


काठमाडौं – नेपाल वायु सेवा निगमले बोइङ ७५७ सिरिजको ‘गण्डकी’ जहाज बेच्न बुधबार अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

३२ वर्ष पुरानो बोइङ ७५७ एसीबी सिरिजको यो जहाज बिग्रिएर ५ महिनादेखि ग्राउन्डेड भएपछि जहाज बेच्न लागेको निगमले जनाएको छ । यो जहाज १ सय ९० सिट क्षमताको छ ।

यो जहाज किन्नका लागि ४५ दिनभित्र बोलपत्र भर्नुपर्ने निगमले जनाएको छ । बोलपत्र भर्नेले ३ करोड ८४ लाख रुपैयाँभन्दा धेरै रकम बैंक ग्यारेन्टी राख्नुपर्ने छ । निगमले बोइङ ५७७ सिरिजका २ वटा जहाज सन् १९८७ मा र १९८९ मा किनेको थियो ।

बोइङ कम्पनीको यो जहाज बिक्रीपछि नेपाल वायुसेवा निगमसँग एअरबस कम्पनीका मात्रै जहाज हुनेछन् । निगमले ४ वर्षअघि एअरबस ३२०–२२० सिरिजका २ वटा जहाज किनेको थियो भने गएको वर्ष एअरबसकै ३३०–२०० सिरिजका २ वटा वाइडबडी जहाज किनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement