एकदिवसीय क्रिकेट शृङ्खला : नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै


काठमाण्डु – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा अमेरिकासँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

टस जितेको अमेरीकाले फिल्डिङ रोजेको छ । यि दुई देशबीचको खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरु हुने छ । ओमानको अल अमिरात मैदानमा हुने खेलमा नेपालले बलर विक्रम सोबको ठाउँमा गुलशन झालाई राखेको छ । झाले राष्ट्रिय टिममा डेब्यु गर्न लागेका हुन् ।

प्रतियोगिताअन्तर्गत गएको सोमवार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । त्यस्तै मङ्गलवार ओमानसँग भएको खेलमा भने नेपाल पाँच विकेटले पराजित भएको थियो । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement