सेना परिचालनको प्रस्ताव राष्ट्रपतिसमक्ष लैजाने सरकारको तयारी


काठमाडौं – गत जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले सेना परिचालनको प्रस्ताव राष्ट्रपति विद्या भण्डारी समक्ष लैजाने भएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउनका लागि सेना परिचालन गर्ने निर्णय गरेको हो । विपद् व्यवस्थापनका लागि सरकारले राष्ट्रपतिको स्वीकृतिमा सेना परिचालन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

त्यस्तै छिमेकी मुलुकसँगको खुल्ला सीमाका कारण नागरिकहरु सजलै ओहोरदोहोर गर्न थालेपछि सरकारले थप कडाइ गर्ने भएको स्रोतले जानकारी दियो ।

स्रोतकाअनुसार राष्ट्रपतिबाट अनुमोदन भएपछि सीमामा पनि सेना परिचालन हुनेछन् । हाल सीमामा सशस्त्र प्रहरीले सीमाको सुरक्षा गरिरहेको छ ।

गत जेठ १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो ।

विधेयकको उपदफा २ मा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृङ्खलताका कारण गम्भीर सङ्कट उत्पन्न नेपाली सेनाको परिचालन गर्न आवश्यक देखिएमा परिषद्‌को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ ।’

तर उपदफा ३ मा भनिएको छ, ‘उपदफा २ मा जेसुकै लेखिएको भए पनि गम्भीर राष्ट्रिय सङ्कट उत्पन्न भएमा वा तत्काल सेना परिचान नगरे त्यस्तो सङ्कट उत्पन्न हुने देखिएमा र तत्काल परिषद्‌को बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न सक्नेछन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement