सेनाले जिम्मा लिएको खरिपाटी क्वारेन्टाइनको खर्चको हिसाब सार्वजनिक


काठमाडौं – नेपाली सेनाले खरिपाटीमा भएको हिसाब सार्वजनिक गरेको छ । गत फागुनमा सेनाले चीनको वुहानबाट आएका नेपालीहरुको व्यवस्थापनको जिम्मा लिएको थियो ।

सेनाले उक्त ऐतिहासिक कार्यलाई वेवास्ता तथा अवमूल्यन गरि केहि सञ्चारमाध्यमहरुले सस्तो लोकप्रियताको लागि प्रायोजित ढंगबाट उक्त क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता भएको भन्ने प्रकाशित भ्रामक समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ । सेनाले खरिपाटी क्वारेन्टाइनका क्रममा भएको खर्चको हिसाब सार्वजनिक गरेको छ ।

सेनाले भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइन व्यवस्थापनको अवधिमा स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै संवेदनशिल र राष्ट्रिय प्रतिष्ठासँग गासिएको कार्यलाई सफलतापूर्वक, सम्पन्न गर्न आवश्यक पूर्व तयारी गरि प्रभावकारी एवम् पारदर्शी रुपमा सम्पन्न गरिएको बताएको छ ।

सेनाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र नियमावली २०६४ को नियम १४५ को उपनियम ३ मा व्यवस्था भए बमोजिम खरिद सम्बन्धी जानकारी मिति ०७७ जेष्ठ २० गते गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको सेनाले जनाएको छ ।

‘वास्तविकतालाई तोडमोड गरि गहन अध्ययन वेगर तीन लाख तेत्तिस हजार दश र पैसा पाँच औषधी खरिद भएकोमा ७३ लाख अन्ठानब्बे हजार भनि एउटै मात्र आधार लिई हचुवाको भरमा दिग्भ्रमित गर्ने अभिप्रायलाई राष्ट्रको प्रमुख संयन्त्रको रुपमा रहेको नेपाली सेना यस विषम् परिस्थितीमा आफ्नो जीवनलाई खतरामा राखेर आम जनताको रक्षार्थ खटिईरहेको अवस्थामा सैनिक व्यक्तिहरुको मनोबल कमजोर तुल्याउने प्रयास प्रति सचेत रहन सम्पूर्ण पाठक वर्गमा हार्दिक अनुरोध गर्दछ । साथै कोभिड–१९ विरुद्धको यस राष्ट्रिय लडाईमा आफ्नो दायित्व र भूमिकालाई प्रभावकारी एवम् पारदर्शी ढंगबाट सम्पन्न गर्न नेपाली सेना प्रतिवद्ध रहेको समेत जानकारी गराईन्छ’, सेनाले भनेको छ ।

सेनाले उक्त क्वारेन्टाइन व्यवस्थापनको लागि कुल विनियोजित रकम एक करोड उनान्तिस लाख मध्ये खानातर्फ पचपन्न लाख एक हजार चार सय तेत्तिस र औषधी तथा औषधीजन्य सामग्रीहरुतर्फ ७३ लाख ९८ हजार विनियोजन भएको जनाएको छ । औषधी खरीदमा तीन लाख तेत्तिस हजार दश, औषधीजन्य सामग्री खरिदमा ६३ लाख ३३ हजार ४ सय एकासी रुपैया र पैसा पाँच र बाँकी ७ लाख २८ हजार ४८ कोष तथा लेखा नियन्त्रण कार्यालय, सुन्धारा काठमाडौंमा मौज्दात रहेको जानकारी सेनाले जनाएको छ ।

त्यस्तै औषधी खरिदतर्फ तीन लाख ३३ हजार दश र पैसा पाँच रकम मात्र भएको र सो औषधीहरु मध्ये तेह्र हजार एक सय उनासी र पैसा उनाननब्बे बरावरको औषधी खर्च भई बाँकी तीन लाख १९ हजार आठ सय ३० बरावरको औषधी पुनः प्रयोगमा ल्याउने गरि स्टोर मौज्दात भएको सेनाले जनाएको छ ।

‘प्रयोग भईसकेको केहि औषधीहरु सोहि क्वारेन्टाइन स्थलमा नै प्रयोग गर्ने गरि छोडिएको र केहि औषधी पुनः प्रयोगमा ल्याउने गरि स्टोर दाखिला भएको छ’, सेनाले विज्ञप्तिमार्फत भनेको छ ।

सेनाले औषधी र औषधीजन्य सामग्रीहरु मुख्यतया स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहोर व्यवस्थापन तथा अन्य हवाई यात्रामा आतेरजाते कार्यमा खट्टिएका व्यक्तिहरु, क्वारेन्टाइनमा नियमित कार्यमा प्रयोग गरिने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट –पिपिई) थर्मोमिटर, मास्क र पञ्जाहरु, स्यानिटाइनिजर र डिस्यिन्फेक्सन्टहरु, वेस्ट ट्रान्सफेर्टेसन ट्रोलीसहित सफाईका सामग्री ६३ लाख ३३ हजार चार सय ८१ रुपैयाँको खरीद गरिएको सेनाल जनाएको छ ।

खरीद गरिएको थियो । उक्त स्वास्थ्य सामग्रीहरु मध्ये प्रयोग पछाडि डिस्पोज गरिने २३ लाख ३० हजार पाँच सय ६२ रुपैयाँ बरावरको औषधीजन्य सामग्रीहरु पुनः प्रयोगमा ल्याउने गरि स्टोर रहेको सेनाले जनाएको छ ।

उक्त अवधिभर क्वारेन्टाइनमा रहेका १७५ जना स्वदेश फर्किएका नेपाली विद्यार्थीहरु, नेपाल वायुसेवा निगमका १८ जना, चिकित्सक समूह, सफाईकर्मी तथा एम्बुलेन्स टोली सहित गरि जम्मा ९ गरि जम्मा २०२ जनालाई स्तरिय प्याकिङ्ग सहितको स्वस्थकर खाना खुवाउनको लागि ४ प्रकारका मेनु (शाकाहारी र तीन प्रकारका मांसाहारी) अनुसार दिनको ४ छाक (ब्रेकफाष्ट, लञ्ज, टिफिन र डिनर) को व्यवस्था गरिएको थियो । कोभिड–१९को त्रासका कारण अन्य क्याटरिङ्ग अनिच्छुक भएको अवस्थामा दैनिक खानाको लागि कार्की क्याटरिङ्गसँग प्रति व्यक्ति प्रति दिन भ्याट वाहेक एक हजार तीन सय पचासमा सम्झौता भएको थियो । साथै उक्त क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका ३० जना सुरक्षाकर्मीहरुलाई खाजाको व्यवस्था गरिएको थियो भने सोहि भित्रबाट पानी, कफि र चियाको छुट्टै प्रबन्ध समेत गरिएको सेनाले जनाएको छ ।

सेनाको नेतृत्वमा गत फाल्गुन ०४ गतेदेखि २० गतेसम्म चीनबाट ल्याईएका १७५ जना नेपाली विद्यार्थीहरुलाई भक्तपुर खरिपाटी क्वारेन्टाइनमा १७ दिन राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement