महासेनानीदेखि सहायक सेनानीको काज सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं– नेपाली सेनाका अधिकृत तहका सैनिक तथा लेखातर्फ कार्यरत १६ जनाको काज सरुवा भएको छ।

सैनिक हेडक्वार्टरले एक जना महासेनानी, तीन जना प्रमुख सेनानी, पाँच जना सेनानी र दुई जना सहसेनानी तथा लेखा तर्फका तीन जना प्रमुख सेनानी र दुई जना सहायक सेनानीको काज सरुवा गरेको हो। काज सोमबारदेखि लागू हुनेछ।

नम्बर १ बाहिनी अड्डाका महासेनानी प्रेमबहादुर पुनको प्रधानसेनापतिको कार्यालयमा सरुवा भएको छ।

यसैगरी, शान्ति सेना सञ्चालन  निर्देशनालयका प्रमुख सेनानी रोशन सम्शेर जबराको नम्बर ४ बाहिनी अड्डा, राष्ट्रिय सेवा दल पश्चिम तालिम केन्द्रका प्रमुख सेनानी गौरब गुरुङको सैनिक कमाण्ड तथा स्टाफ कलेज र मध्यपूर्वी पृतना हेडक्वार्टरका प्रमुख सेनानी उज्वोल राणा विशेष फौज बाहिनीमा सरुवा भएको छ।

यसैगरी, पाँच जना सेनानीको काज सरुवा भएको छ। असवाव निर्देशनालयमा दरबन्दी रही राष्ट्रपति कार्यालयमा काज रहेका सेनानी महेशकुमार थापाको काज फिर्ता भएको छ, भने युद्धकार्य निर्देशनालयमा काज रहेका स्वर्णबहादुर चन्दको नम्बर १३ बाहिनी अड्डामा काज सरुवा भएको छ।

सम्भाररथी कार्यालयमा रहेका सेनानी किशोर खड्का असवाव निर्देशनालय पुगेका छन्। त्यस्तै, नीति तथा योजना निर्देशनालयका सेनानी केशव कार्कीको मध्य पृतना हेडक्वार्टरमा सरुवा भएको छ, भने मध्य पृतना हेडक्वार्टरका सेनानी भावना केसीको युद्धकार्य महानिर्देशनालयमा सरुवा भएको छ।

त्यसैगरी, मध्य पृतना हेडक्वार्टरका सहायक सेनानी हरिशबहादुर चन्दको युद्धकार्य महानिर्देशनालय र नम्बर ३ राजदल गणका सहायक सेनानी बालाराज कार्कीको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा काज सरुवा भएको छ।

त्यसैगरी, नेपाली सेनाका लेखा तर्फका ५ जना अधिकृतहरुको पनि काज सरुवा भएको छ। सैनिक आर्थिक प्रशासन विभागका लेखा प्रमुख सेनानी प्रकाश खड्काको उत्तरपश्चिम पृतना हेडक्र्वाटरमा सरुवा भएको छ, भने सैनिक हवाई महानिर्देशनालयका लेखा प्रमुख सेनानी रुपक अधिकारीको बेतन बृत्ति तथा समारोह निर्देशनालयमा सरुवा भएको छ।

उत्तरपश्चिम पृतना हेडक्वार्टरका लेखा प्रमुख सेनानी रामबहादुर बाटा हवाई महानिर्देशनालयमा पुगेका छन्।

विशिष्ट उडान सेवाका लेखा सहसेनानी बिकल खत्रीको नम्बर १ बाहिनी अड्डामा सरुवा हुँदा त्यहाँका लेखा सहायक सेनानी कर्मवीर तामाङ विशिष्ट उडान सेवामा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement