सहायक रथी दाहालले मुद्दा हारेपछि भण्डारी र भट्ट उपरथीमा बढुवा


काठमाडौं– सरकारले नेपाली सेनामा दुई जना सहायकरथीलाई उपरथीमा बढुवा गरेको छ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापा कायममुकायम रहेकै बेला साउन अन्तिम साता उपरथीमा बढुवा सिफारिस भएका रघु भण्डारी र नरेश चन्द्र भट्टलाई सरकारले बढुवाको निर्णय गरेको हो।

भण्डारी हाल क.का.यो. निर्देशनालयमा र भट्ट रणनीतिक तथा दीर्घकालिन योजना निर्देशनालयमा कार्यरत छन्।

आफूलाई बढुवामा सिफारिस नगरेको भन्दै यसअघि भण्डारी र भट्टभन्दा सिनियर रहेका सहायक रथी नयनराज दाहालले सर्वाेच्चमा मुद्दा दायर गरेपछि बढुवा नियुक्ति हुन सकेको थिएन।

दाहालले प्रस्तुत गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो। जसकारण बढुवा सिफारिस सदर हुन सकेको थिएन।

तर, सर्वाेच्चले पछिल्लो पटक बढुवा नरोक्न भनेपछि शुक्रबारको मन्त्रिपरिषद् बैठकले भट्ट र भण्डारीलाई उपरथीमा बढुवा गरेको हो। दाहाललले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको पालामा अनलाइन डिग्री गरेका थिए।

भण्डारीले सेनाका लागि अति महत्वपूर्ण मानिने एनडीसी कोर्ष चीनमा गरेका थिए भने भट्टले अमेरिकाबाट एनडीसी गरेका थिए। नेपाली सेनामा अमेरिका, बेलायतमा एनडीसीको अवसर पाउनेलाई चीफको कृपा र आशीर्वाद प्राप्त रथीहरू मानिन्छ। त्यसपछि भारत र चीन जस्ता देश एनडीसीका लागि राम्रो मानिन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement