नेपाली सेनाका सहायकरथी श्रेष्ठको उपरथीमा बढुवा


काठमाण्डु – नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठ र प्राविधिक महासेनानी विकास पोखरेलको बढुवा भएको छ । मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई सहायकरथी उपरथिमा र पोखरेललाई सहायकरथीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्राविधिक सहायक रथी कमल विक्रम शाहको पनि सरुवा भएको छ । प्राविधिक महासेनानी डा. भुवनराज कुँवरलाई प्राविधिक सहायक रथी र प्राविधिक प्रमुख सेनानी डा. नविनभक्त शाक्यलाई प्राविधिक महासेनानीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय बैठकले गरेको हो ।

त्यस्तै प्रमुख सेनानी राजेन्द्र पन्तलाई गभरमेन्ट अफ लेबनान, लेबनानिज रिपब्लिकको मिनिस्टर अफ नेसनल डिफेन्सबाट प्रदान गरिएको विभूषण ‘दि मिलिटरी एप्रिसिएसन मेडल अफ सिल्भर डिग्री’ र रमेश नाथ पाण्डेलाई जापान सरकारबाट सम्मान गरिएको विभूषण ‘दि अर्डर अफ जापान ग्राण्ड कोरडोन अफ दि राइजिङ सन’, ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement