नेपाली सेनाका विभिन्न निकायबाट शीघ्र प्रभाव आयोजना हस्तान्तरण


काठमाण्डु – नेपाली सेनाले विभिन्न जिल्लामा जिल्लमा निर्माण गरेका आयोजना हस्तान्तरण गरेको छ । नेपाली सेनाको टोलीले मोरङ रसुवा, जुम्ला, गोरखामा विभिन्न संरचना निर्माण गरेर हस्तान्तरण गरेको हो ।

सेनाले मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नं.३ स्थित दानावती चोकमा रहेको हाटबजारमा नवनिर्मित व्यवस्थित ट्रसघर तथा शैचालय पूर्वी पृतनापति उपरथी अनन्त कार्कीले धनपालथान गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नं.१ प्रदेशका मुख्यमन्त्री शेरधन राईले नेपाली सेनाले गर्दै आएको सामाजिक कार्यको प्रसंशा गरेका थिए । जनप्रतिनिधि, रथीवृन्द तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा धनपाल गाउँपालिकाका अध्यक्षले चुनौतिपूर्ण विषम परिस्थितिमा समेत नेपाली सेनाले निरन्तर निर्माणमा खटिएर छोटो समयमै हाटबजार तयार गरेकामा खुशी व्यक्त गरेका थिए ।

यस आयोजनाको लागि भौतिक पूर्वाधार मन्त्रालय र नेपाली सेनाबाट ५०र५० लाख तथा धनपालथान गाउँपालिकाबाट १४ लाख उपलब्ध गराइएको थियो । साथै आयोजनाबाट ४,००० जना प्रत्यक्ष लाभान्वित हुने सेनाले जनाएको छ।र

त्यस्तै सेनाले रसुवा जिल्लामा तैनाथ कालीजंग गणले गोसाईकुण्ड गा.पा.वडा नं.५, स्थित बुद्ध मन्दिरदेखि गोसाईकुण्डसम्म जाने २.५८ कि.मि. पदमार्गमा रेलिङ्ग निर्माण गरेको छ । गणले चोलाङ्गपाटीमा ४०÷२० फिटको प्रतिक्षालय र बुद्ध मन्दिरमा १२÷१२ फिटको सेड घर निर्माण कार्य समेत सम्पन्न गरेको छ ।

उक्त आयोजनाको नं. ६ का बाहिनी अड्डाका बाहिनीपति सहायकरथी सुनिल श्रेष्ठले गरेका थिए । सोही अवसरमा नवनिर्मित भौतिक संरचनाहरु कालीजंग गणका गणपति प्रमुख सेनानी सविन्द्र नगरकोटीले लामटाङ्ग राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाको रोहवरमा गोसाईकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेका थिए ।

यस आयोजनाको लागि नेपाली सेनाबाट ३५,०६,६६२ रुपैयाँ उपलब्ध गराइएको थियो । साथै आयोजनाबाट १७,००० जना प्रत्यक्ष लाभान्वित हुने सेनाले अपेक्षा गरेको छ ।

सेनाले गोरखा जिल्लामा तैनाथ श्री रणसिंहदल गणले गोरखा नगरपालिका वडा नं.८ स्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक आवासिय विद्यालयमा ४ कोठे भवन र विद्यालयको रिटेनिङ्ग वाल लगाउने कार्य सम्पन्न गरेको छ । नं. ३ बाहिनीपति स.र. सागर बहादुर थापाले उक्त आयोजना भु.पु. सैनिक संघ गोरखालाई हस्तान्तरण गरेका थिए ।

यस आयोजनाको लागि नेपाली सेनाबाट २५ लाख रुपैया उपलब्ध गराइएको थियो । साथै आयोजनाबाट २,३०० जना प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement