नेपाली सेनाको पृतनापति सम्मेलन सुरु


काठमाण्डु – नेपाली सेनाको पृतनापति सम्मेलन सुरु भएको छ । काठमाण्डुमा सुरु भएको उक्त सम्मेलन तीन दिनसम्म चल्ने नेपाली सेनाले जनाएको छ ।

सम्मेलनमा कोरोना भाइरस नियन्त्रणमा भएका उपलब्धी र आगामी दिनका रणनीतिबारे छलफल हुने सैनिक प्रवक्ता एवं सहायकरथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार सबै पृतनापतिहरुले आफ्नो क्षेत्रमा भएका कामकारबाहीबारे जानकारी दिनेछन् ।

भर्चुअल माध्यमबाट गरिने उक्त सम्मेलनमा आठ वटै पृतनापतिहरुको उपस्थिति हुने बताइएको छ । इटहरी, धनुषा, हेटौँडा, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा सेनाको पृतना रहेको छ ।

सम्मेलनमा पूर्वी कामु पृतनापति सन्तोष ढकाल, मध्यपूर्वी पृतनापति सुरेश कार्की, मध्य पृतनापति ताराध्वज पाण्डे, उपत्यका पृतनापति आनन्दकुमार अधिकारी, पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डे, सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा लगायत सहभागि रहने प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement