अमेरिकाबाट नेपाली सेनालाई र्याफ्ट र मिस्ट्रल र्याफ्ट हस्तान्तरण


काठमाण्डु – अमेरिकाबाट नेपाली सेनालाई र्याफ्ट बोट तथा मिस्ट्रल र्याफ्ट हस्तान्तरण गरेको छ ।

मंगलबार गौचरस्थित व्यारेकमा एक कार्यक्रमकाबीच अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप र्याफ्ट ६ वटा तथा चार वटा मिस्ट्रल र्याफ्ट हस्तान्तरण गरेको हो ।

अमेरिकाका सैनिक सहचारी एलटिसी जोन माट सोभा र ओडिसी चिफ मिचेलपि ह्वाइटद्धारा नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको सेनाले जनाएको छ ।

उक्त सामग्रीहरु बाढीरडुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement