रत्नपार्कमा फरक दृश्यः टुँडिखेलभित्र सेनाको परेड, सडकमा प्रचण्ड-नेपाल समूहको शक्ति प्रर्दशन !


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले काठमाण्डुमा शक्ति प्रर्दशन गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले काठमाण्डुको रत्नपार्कमा शक्ति प्रर्दशन गरेको हो ।

सडक नै बन्द गरेर गरिएको उक्त प्रर्दशनबाट सर्वसाधारण जनताले दुःख पाएका छन् । प्रचण्ड–नेपाल समूहको शक्ति प्रर्दशन चलिरहेका बेला नेपाली सेनाले पनि टुँडिखेलमा परेड खेलेको छ ।

बार लगाइएको टुँडिखेल मैदानभित्र नेपाली सेनाको टोलीले परेड सञ्चालन गरिरहेको थियो भने त्यसकै साइडमा प्रचण्ड–नेपाल समूहको मञ्च खडा गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement