लेवनानमा नेपाली शान्ति सैनिकद्धारा वातावरण संरक्षण र कोभिड–१९ महामारी रोकथाममा महत्वपूर्ण सहयोग


लेवनान – लेवनानमा नेपाली शान्ति सैनिकले वातावरण संरक्षण तथा कोभिड–१९ महामारी रोकथाममा महत्वपूर्ण सहयोग गरेको छ ।

हालै मात्र उक्त मिशनमा तैनाथ रहेको नेपाली सेनाको श्री शिवदल गण (शान्ति सेना) ६१ औ डफ्फालाई बदली गर्न गएको श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औ डफ्फावीच सम्पन्न भएको बुझबुझारथको क्रममा गणपति प्रमुख सेनानी राजीव थापाको वातावरण सम्बन्धि पहलकदमी योजना अनुरुप लेवनान मिशनको सेक्टर इस्ट कमाण्डर ब्रिगेडियर जनरल जेभियर मिरागया प्रिटोको उपपस्थितिमा व्यारेक परिसरको हाताभित्र लेबनानको राष्ट्रिय बृक्ष बृक्षारोपण गरेका छन् ।

आगामी दिनहरुमा उक्त गणले सकलदर्जाहरुको जन्म दिनको अवसरमा बृक्षारोपण समेत गर्न लगाई वातावरण संरक्षण अभियानलाई निरन्तरता दिने योजना गरेको छ ।

विद्यमान कोभिड–१९ को महामारीलाई रोकथाम गर्नको लागी युनिफिल मिशनमा तैनाथ रहेको श्री बर्द बहादुर गण (शान्ति सेना)६२ औं डफ्फाले माघ २२ र २३ गते आफ्नो जिम्मेवारी ईलाकामा रहेका सात वटा नगरपालिका र एउटा गाउंपालिकाका सर्वसाधारण जनताहरुलाई वितरण गर्नको लागी नगर प्रमुखहरुलाई उल्लेख्य मात्रामा स्यानिटाइजर, मास्क, पिपिई र औषधी हस्तान्तरण गरेको छ । नेपाली शान्ति सैनिकको उक्त सहयोगको लागि सबै नगर प्रमुखहरुले धन्यवाद एवं आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement