सेनाको ‘पृतनापति समन्वयात्मक सम्मेलन २०७७’ सञ्चालन हुँदै


काठमाण्डु – नेपाली सेनाले जंगी अड्डामा तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ संचालन गर्ने भएको छ ।

सेनाले फाल्गुन २७ गते हुने महाशिवरात्री तथा सेना दिवसको पूर्व सन्ध्यामा १९ गतेदेखि २१ गतेसम्म जंगी अड्डामा तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ संचालन गर्न लागको हो ।

१९, २० र २१ गते गरी तीन दिनसम्म संचालन हुने यस सम्मेलनमा पृतनापतिहरुबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन तथा जङ्गी अड्डाका महानिर्देशनालय र विभागिय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए/गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement