नेपाली सेनाको पृतनापति सम्मेलन सुरु


काठमाण्डु – नेपाली सेनाले जंगी अड्डामा तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ सुरु भएको छ ।

सेनाले फाल्गुन २७ गते हुने महाशिवरात्री तथा सेना दिवसको पूर्व सन्ध्यामा आजदेखि २१ गतेसम्म जंगी अड्डामा तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ संचालन गरेको हो ।

तीन दिनसम्म संचालन हुने यस सम्मेलनमा पृतनापतिहरुले आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन तथा जङ्गी अड्डाका महानिर्देशनालय र विभागिय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए/गरेका कामहरुका बारेमा प्रस्तुतीकरण दिने  सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement