‘मिनुस्का मिसनमा’मा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली


काठमाण्डु – संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।

सोमबार ‘युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टेबलाइजेन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिका (मिनुस्का)’ मा तैनाथ हुन जाने कालीजंग गण (शान्ति सेना) लाइट इन्फन्ट्री बटालियन पहिलो डफ्फाको एडभान्स टिम र सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फालाई बदली गर्नको लागि सैनिक प्रहरी युनिट (शान्ति सेना) आठौं डफ्फा मिशन इलाकातर्फ प्रस्थान गरेको हो ।

प्रमुख सेनानी विजय बस्नेतको नेतृत्वमा ११६ जना नेपाली शान्ति सैनिक यूएन चार्टड फ्लाइटमार्फत काठमाण्डुबाट त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न यूएन मिसनहरुमा सहभागी भइ द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement