नेपाली सेनामा २६०० भन्दा बढी जनशक्ति माग

नेपाली सेनामा २६०० भन्दा बढी जनशक्ति माग

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली सेनाले सैनिक पदका लागि दरखास्त खुला गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २,६०० भन्दा बढी जनशक्ति माग गरेको हो ।

नेपाली सेनाले प्रकाशन गरेको सूचना अनुसार, स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक प्रक्रियाबाट पदपूर्ति गरिनेछ । यसका लागि सेनाले तोकिएको भर्ना केन्द्रमा आवेदन फाराम बुझाउन आवेदकहरूलाई आग्रह गरेको छ ।

इच्छुक व्यक्तिहरूले वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म पनि आवेदन दिन सकिनेछ ।

आवेदकको न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण रहेको छ । त्यस्तै, पुरुषका लागि न्यूनतम ५ फिट ३ इन्च र महिलाका लागि ५ फिट उचाइ अनिवार्य गरिएको छ ।