सहायक रथी पाण्डेद्वारा डिसिओपि कार्यक्रमको समापन


कठमाडौं – जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी बिज्ञान देव पाण्डेले रक्षा मन्त्रालयका कर्मचारीहरुलाई समावेश गरी संचालन भएको डिफेन्स कोरेस्पोन्डेन्ट ओरियन्टेसन प्रोग्राम (डिसिओपि) कार्यक्रमको समापन गरेका छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै सहायक रथी पाण्डेले विशिष्ट सैनिक पेशागत क्षमता, रहनसहन र सैनिक आचरणभित्र रहेर राज्यले सुम्पिएको कार्य सम्पादन गर्ने कार्यमा पुर्‍याउनु भएको सहयोग, सद्‍भाव तथा समन्वयको लागी नेपाली सेनाकोतर्फबाट रक्षा मन्त्रालयप्रति आभार प्रकट गरेका थितए ।

सम्बोधनकै क्रममा उनले यस कार्यक्रम पश्चात रक्षा मन्त्रालयका नवनियुक्त कर्मचारीहरु सैनिक संगठनको बनावट, सैनिक गतिविधि र जिम्मेवारीबारे जानकार भएको विश्वास व्यक्त गर्दै सहभागी सम्पूर्ण मन्त्रालयका कर्मचारीहरुलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । सो कार्यक्रममा रक्षा मन्त्रालयका सह सचिव सन्त बहादुर सुनार तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

राष्ट्रिय हित र सुरक्षा सम्बन्धी संवेदनशील विषयहरुलाई गहन रुपमा मनन् गरी रक्षा मन्त्रालय र नेपाली सेनाबीचको समझदारीलाई अभिवृद्धि गर्दै आपसी सम्बन्धलाई सकारात्मक तथा प्रभावकारी रुपमा अगाडि बढाउने कार्यमा श्री जनसम्पर्क तथा सूचना निर्देशनालयद्धारा संचालित यस कार्यक्रम सहयोगी शिद्ध भएको विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement