नेपाली सेनाका तीन पृतनापतिको सरुवा, को–कहाँ? (सूचीसहित)


काठमाडौं–नेपाली सेनाका विभिन्न पृतनाको नेतृत्व सम्हालिरहेका तीनजना उपरथीको सरुवा भएको छ।

सैनिक मुख्यालयले उपरथीहरू समीर शाही, गौरव तण्डुल र शशीबहादुर सिंहको सरुवा गरेको हो।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका शाही पूर्वी पृतना हेडक्वार्टर इटहरीको पृतनापतिको रुपमा पुगेका छन्। इटहरीको पृतनापतिको नेतृत्व सम्हालिरहेका तण्डुलको प्रबन्धरथीको कार्यालय काठमाडाैंमा सरुवा भएको छ।

प्रबन्धरथी रहेका सिंह उपत्यका पृतना हेडक्वार्टर काठमाडौंमा पुगेका छन्।

यसैगरी, सहायकरथीबाट उपरथीमा बढुवा भएका काजीबहादुर खत्रीले राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सहसंयोजकको पदभार ग्रहण गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement