नेपाली सेनाले अनाथ बालबालिकालाई सैनिक महाविद्यालयमा नि:शुल्क पढाउने


काठमाडौं – नेपाली सेनाले सैनिकका अनाथ बालबालिकाहरुलाई निःशुल्क पढाउने भएको छ । रिपुमर्दन गण घोराहीमा नेपाली सेना सैनिक कल्याणकारीको संयोजनमा आयोजित भूतपपूर्व सैनिक सम्मेलनमा बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले हिताधिकारी सैनिकका अनाथ बालबालिकालाई १ देखि १२ कक्षासम्म निःशुल्क पढाउने जानकारी दिए ।

शिक्षाको पहुँचबाट बञ्चित नहुन् भनेर आगामी शैक्षिक शत्रबाट नै सैनिक महाविद्यालयहरुमा लागू हुनेगरी हिताधिकारीमध्ये श्रीमान् तथा श्रीमती दुवैको मृत्यु भई अनाथ भएका बालबालिकाहरुका लागि उक्त अवसर प्रदान गरिने उनले बताए ।

साथै प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रम अन्तर्गत सैनिक श्रीमती संघको पहलमा व्यवसायिक तालिम केन्द्र छाउनीबाट शुरु भएको सीपमूलक कार्यक्रम प्रितनातहसम्म यहि वर्षबाट विस्तार गरिएको बताए ।

नेपाली सेनाले सैनिक दिवसका अवसरमा काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ । बजार मूल्य भन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement